Kathmandu Press

विश्वभर ४० लाख बढीमा कोरोना संक्रमण, २ लाख ७६ हजारको निधन

काठमाडौं, वैशाख २७ : गत डिसेम्वरमा चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरसको संक्रमण विश्वभर ४० लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार कोरोनाको संक्रमण ४०....

विश्वभर ४० लाख बढीमा कोरोना संक्रमण, २ लाख ७६ हजारको निधन

काठमाडौं, वैशाख २७ : गत डिसेम्वरमा चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरसको संक्रमण विश्वभर ४० लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार कोरोनाको संक्रमण ४० लाख १२ हजार ७ सय ७० जनामा देखिएको छ । 

कोरोनाबाट विश्वभर २ लाख ७६ हजार २ सय १५ जनाले ज्यान गुमाएका छन् । कोरोनाभाइरस संक्रमण भएर १३ लाख ८५ हजार १ सय २४ जना रिकभर भएका छन्। 

कोरोनाबाट सबैभन्दा धेरे अमेरिकामा ७८ हजार ६ सय १५ जनाको निधन भएको छ । त्यस्तै सबैभन्दा धेरेको निधन हुने दोस्रो मुलुकमा इटाली रहेको छ । इटालीमा ३० हजार २ सय १ जनाको निधन भएको छ । त्यसैगरी बेलायतमा ३१ हजार २ सय ४१, स्पेनमा २६ हजार २ सय ९९, फ्रान्समा २६ हजार २ सय ३० र ब्राजिलमा १० हजार १७ को निधन भएको छ । 

प्रकाशित मिति: ०८:१३ बजे, शनिबार, वैशाख २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्