Kathmandu Press

टिकटकर बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश 

जिल्ला अदालत काठमाडौँका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई धरौटीमा छाड्न आदेश गरेको हो। 
टिकटकर बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश 

काठमाडौं, असार १२ : टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा रिहा हुने भएकी छन्।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई धरौटीमा छाड्न आदेश गरेको हो। 

बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले असार १ गते पक्राउ गरेको थियो।

टिकटकमा नेताहरूमाथि गालीगलौज गर्दै भिडिओ बनाएको आरोपमा उनी पक्राउ परेकी थिइन्। 

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल भक्तपुरमा बसोबास गर्ने बस्नेतलाई प्रहरीले विद्युतीय कारोबार कसुर (साइबर क्राइम) मा अनुसन्धान गरेको थियो।  

प्रकाशित मिति: १८:५८ बजे, बिहीबार, असार १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्