जनमत पार्टीको सचिवालय बैठक आइतबार बस्ने
मधेस सरकारको नेतृत्वकर्ता दल जनमतलाई बाइपास गरेर बजेट ल्याइएको भन्दै जनमत पार्टी आक्रोशित बन्दै आएको छ।
काठमाडौं, असार १२ : सीके राउत नेतृत्वको जनमत पार्टीले आइतबारका लागि सचिवालय बैठक डाकेको छ।
आइतबार दिउँसो १ बजेका लागि सचिवालय बैठक बोलाएको हो। मधेस सरकारको नेतृत्वकर्ता दल जनमतलाई बाइपास गरेर बजेट ल्याइएको भन्दै जनमत पार्टी आक्रोशित बन्दै आएको छ।
सरकारसहितका समग्र विषयमा आवश्यक छलफलको एजेण्डामा सचिवालय बैठकमा छलफल गर्न थालिएको छ।
मधेस प्रदेशमा जनमत पार्टीका १३ जना प्रदेश सभा सदस्य रहेका छन् । विहीबारै जनमत मधेस प्रदेश संसदीय दलको बैठक समेत बसेको थियो।
प्रकाशित मिति: १७:२१ बजे, बिहीबार, असार १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार