Kathmandu Press

रास्वपाको महामन्त्री विवादमा सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलायो 

आफूलाई महामन्त्री घोषित गर्न माग राखेर रास्वपाबाट कारवाहीमा परेका डा.मुकुल ढकालले दायर गरेको रिटमा दुवै पक्षलाई छलफलमा डाकिएको हो।
रास्वपाको महामन्त्री विवादमा सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलायो 

काठमाडौं, असार १२ : सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री विवादमा असार १७ गते दुवै पक्षलाई छलफलका लागि डाकेको छ। 

आफूलाई महामन्त्री घोषित गर्न माग राखेर रास्वपाबाट कारवाहीमा परेका डा.मुकुल ढकालले दायर गरेको रिटमा दुवै पक्षलाई छलफलमा डाकिएको हो।

उक्त रिटमाथि विहीबार भएको छलफलमा सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको हा। 

ढकाल निर्वाचन आयोगको कागजातका आधारमा आफू नै महामन्त्री रहेको दाबीसहित सर्वोच्च पुगेका हुन्। 

रास्वपाले भने ढकाललाई २०८१ भदौ ११ गते साधारण सदस्य समेत नरहने गरी पार्टीबाटै निष्काशिन गरेको थियो। 

ढकालले रास्वपा केन्द्रीय कार्यालयसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, सभापति रवि लामिछाने लगायतलाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए। 

प्रकाशित मिति: १५:१९ बजे, बिहीबार, असार १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्