अदालतको अवहेलना मुद्दामा दृष्टि मिडियाका अध्यक्ष र सम्पादकसँग बयान
विशेष अदालतका ६ जना न्यायाधीशको इजलासमा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भु श्रेष्ठसहितको बयान शुरु भएको हो। बयानका लागि अध्यक्ष श्रेष्ठ कार्यालय खुलेलगत्तै अदालत पुगेका थिए।
काठमाडौं, असार १२ : अदालतको अवहेलना मुद्दामा विहीबार दृष्टि मिडियाका अध्यक्ष र संपादकको बयान लिइएको छ।
विशेष अदालतका ६ जना न्यायाधीशको इजलासमा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भु श्रेष्ठसहितको बयान शुरु भएको हो। बयानका लागि अध्यक्ष श्रेष्ठ कार्यालय खुलेलगत्तै अदालत पुगेका थिए।
बयानपछि थुनछेक बहस हुनेछ। विशेष अदालतले दृष्टी मिडियामा आएको समाचारलाई लिएर अदालतको अवहेलनामा सुनुवाई गर्न सबै न्यायाधीश संलग्न बृहद बेञ्च गठन गरेको छ।
दृष्टि साप्ताहिक र अनलाइनमा प्रकाशित समाचारका कारण अदालत र न्यायाधीशको अवहेलना भएको दाबीसहित प्रतिवेदन उठाएर मुद्दा दर्ता गरिएको थियो। सोही प्रतिवेदनमाथि सुनुवाईका लागि विशेष अदालतका अध्यक्ष टेकनाराण्या कुंवरसहित ६ जना न्यायाधीश संलग्न बृहद इजलास गठन गरिएको हो।
बृहत इजलासमा विशेष अदालतका अध्यक्ष कुँवर, सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइराला संलग्न छन्।
अवहेलनाको प्रतिवेदनमाथि प्रारम्भिक सुनुवाई सकिएर बयान शुरु भएको छ। थुनछेक वहशपछि आजै आदेश दिने तयारी भइरहेको छ।