Kathmandu Press

उपनिर्वाचनको तयारी, मतदाता नामावलीमा नाम दर्ता गराउन आयोगको आव्हान 

मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूले मतदाता नामावलीमा नाम दर्ता गराउन आव्हान गरेको छ। २०७९ सालमा सम्पन्न भएको विभिन्न तहका निर्वाचनपछि रिक्त हुन पुगेका पदहरूमा निर्वाचनको तयारी थालिएको हो। 
उपनिर्वाचनको तयारी, मतदाता नामावलीमा नाम दर्ता गराउन आयोगको आव्हान 

काठमाडौं, असार १२ : निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रियसभा र स्थानिय तहमा रिक्त हुने स्थानमा निर्वाचनको तयारी थालेको छ।  

निर्वाचन तयारीका लागि आयोगले बिहीबार मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूले मतदाता नामावलीमा नाम दर्ता गराउन आव्हान गरेको छ। २०७९ सालमा सम्पन्न भएको विभिन्न तहका निर्वाचनपछि रिक्त हुन पुगेका पदहरूमा निर्वाचनको तयारी थालिएको हो। 

Hardik ivf

आयोगका सहायक प्रवक्ता दुर्गा प्रसाद चालिसेद्वारा जारी गरिएको सूचनामा निर्वाचनको मिति घोषणा भए पश्चात् मतदाता नामावली दर्ता कार्य रोकिने भएकोले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूले मतदाता नामावलीमा नाम दर्ता गराउन आव्हान गरिएको छ। 

आयोगका पदाधिकारीहरूले यसअघि निर्वाचन गर्ने विषयमा गत असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो । रिक्त पदमा कात्तिकको दोस्रो साता निर्वाचन गर्ने गरी नेपाल सरकारको परामर्शमा यही असार १६ गतेभित्र मिति तोक्ने तयारीमा आयोग छ। 

प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नं.३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं.१ (२) रिक्त रहेको छ । रुपन्देही ३ राप्रपाका दीपक बोहोराको निधन भएपछि रिक्त भएको हो भने मनाङमा दीपक मनाङेको पद गएपछि रिक्त हुन पुगेको भएको हो। 

स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेको छ । राष्ट्रियसभामा आगामी फागुन २० गते १८ सदस्य पद रिक्त हुँदै छ। 

प्रकाशित मिति: १५:११ बजे, बिहीबार, असार १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्