सर्वोच्चमा प्रस्तावित न्यायाधीश र परिषद् सदस्यविरुद्ध सात वटा उजुरी
न्यायपरिषद्को सदस्य पदमा प्रस्तावित महेशकुमार नेपाल एउटैका विरुद्ध ५ वटा उजुरी परेको जनाईएको छ । अन्य दुई वटा उजुरी भने प्रस्तावित न्यायाधीशविरुद्ध छन्।
काठमाडौं, असार १२ : सर्वोच्च अदालतमा प्रस्तावित तीनजना न्यायाधीश र एक जना न्याय परिषद् सदस्यविरुद्ध सात वटा उजुरी दर्ता भएको छ।
सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा र न्यायपरिषद्को सदस्य पदमा प्रस्तावित महेशकुमार नेपालविरुद्ध ७ वटा उजुरी परेका हुन्।
न्यायपरिषद्को सदस्य पदमा प्रस्तावित महेशकुमार नेपाल एउटैका विरुद्ध ५ वटा उजुरी परेको जनाईएको छ । अन्य दुई वटा उजुरी भने प्रस्तावित न्यायाधीशविरुद्ध छन्।
उजुरीकर्तालाई आगामी असार १३ गते सुनुवाई समितिको बैठकमा बोलाएर जानकारी लिने तयारी भएको छ।
त्यसपछि असार १५ गते समितिको बैठकमा प्रस्तावित न्यायाधीशहरु पोखरेल, पौडेल र थापाको सुनुवाइ गर्ने कार्यसूची रहेको छ । प्रस्तावित न्यायाधीश र न्याय परिषद् सदस्य नेपालका कार्ययोजनाको प्रति सुनुवाई समितिका सदस्यहरुलाई वितरण भइसकेको छ।
-(21)-1754907022.jpg)