Kathmandu Press

बजेटमा विवादपछि बागमती प्रदेश सभाको बैठक स्थगित 

बजेटमा विवादपछि बागमती प्रदेश सभाको बैठक स्थगित 

काठमाडौं, असार १२ : बजेटको बिषयमा विवाद उत्पन्न भएपछि बागमती प्रदेश सभाको बैठक स्थगित गरिएको छ। 

बैठक विहीबार बिहान ११ बजे बस्ने तय भए पनि असार १६ गतेसम्मका लागि स्थगित गरिएको हो। संसद सचिवालयले विशेष कारणवश बैठक स्थगित गरिएको भन्दै सूचना निकालेको छ। 

बजेटलाई लिएर सत्तापक्षकै सांसदबाट तीव्र विरोध भएको थियो। कांग्रेस संसदीय दलको बैठकमै बागमती प्रदेश सभा सदस्यहरुले बजेटप्रति तिब्र असन्तुष्टि जनाएका थिए। 

संसदीय दलको बैठकमा कांग्रेस सांसदहरुले मुख्यमन्त्री बहादुरसिंह लामा र आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्लेले आफ्नो जिल्लामा मात्रै बजेट खन्याएको भन्दै प्रश्न उठाएका थिए। 
 

प्रकाशित मिति: १४:२४ बजे, बिहीबार, असार १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्