अमेरिकी उपराष्ट्रपतिका प्रेस सेक्रेटरीलाई कोरोना, कोरोनाबाट ७७ हजारको मृत्यु
काठमाडौं, वैशाख २७ : विश्वकै सबैभन्दा बढि अमेरिकामा कोरोनाभाइरसको संक्रमण १२ लाख ८३ हजार ८ सय २९ पुगेको छ।
कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुन....

काठमाडौं, वैशाख २७ : विश्वकै सबैभन्दा बढि अमेरिकामा कोरोनाभाइरसको संक्रमण १२ लाख ८३ हजार ८ सय २९ पुगेको छ।
कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या भने ७७ हजार १ सय ७८ छ ।अमेरिकी उपराष्ट्रपति माइक पेन्सको प्रेस सेक्रेटरी केटी मिलरलाई पनि कोरोना पोजेटिभ देखिएको छ । हिजो राष्ट्रपति डोनाल्ड ट्रम्पको एक जना सहयोगीलाई पनि कोरोना पुष्टि भएको थियो ।
यससँगै ह्वाइट हाउसले अब दैनिक रुपमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको कोरोना परीक्षण सुरु गर्न थालेको छ ।
प्रकाशित मिति: ०७:४६ बजे, शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











