Kathmandu Press

माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो।
माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौं, असार ११ : पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख धरौटीमा छाड्न आदेश दिएको छ।

पतञ्जली योग पीठको जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्दामा न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो।

Hardik ivf

नेपाल बुधबार कार्यालय खुल्ने वित्तिकै बयानका लागि विशेष अदालत उपस्थित भएका छन्। सुरुको उनको बयान लिएपछि दुवै तर्फका वकिकले थप अनुसन्धानका लागि थुनामा पठाउने या धरौटीमा छाड्ने भनेर थुनछेक बहस गरेका थिए।

नेपालका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, हरिहर दाहाल, कृष्णप्रसाद भण्डारी, खम्मबहादुर खाती, गोविन्द बन्दी, रमण श्रेष्ठ र टिकाराम भट्टराईले बहस गरेका थिए।

प्रकाशित मिति: २२:३१ बजे, बुधबार, असार ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्