Kathmandu Press

माधव नेपालकाे मुद्दामा थुनछेक बहस सकियो, आदेश आउँदै 

पूर्वप्रधानमन्त्री नेपाल बुधबार विशेष अदालतमा आफैं बयानका लागि उपस्थित भएका थिए। बयान र थुनछेक बहस दुवै सकिएर अहिले आदेशको तयारी भइरहेको छ। 
माधव नेपालकाे मुद्दामा थुनछेक बहस सकियो, आदेश आउँदै 

काठमाडौं, असार ११ : पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा थुनछेकसम्वन्धी बहस सकिएको छ।

पूर्वप्रधानमन्त्री नेपाल बुधबार विशेष अदालतमा आफैं बयानका लागि उपस्थित भएका थिए। बयान र थुनछेक बहस दुवै सकिएर अहिले आदेशको तयारी भइरहेको छ। 

Hardik ivf

पतञ्जलिको जग्गा खरिद प्रकरणमा अनियमितता भएको आरोपसहित अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

अख्तियार र प्रतिबादीका वकीलहरुको वहश सकिएर अहिले इजलासबाट आदेश लेख्ने कार्य भइरहेको छ। विशेष अदालतका न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान र थुनछेकसम्वन्धी बहस भएको थियो। 

पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जली जग्गा घोटाला प्रकरणमा गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर भएको थियो। नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउने वा थुना बाहिर राखेर पुर्पक्ष गर्ने भन्ने बिषयको टुंगो आजै लाग्ने भएको छ। 

प्रकाशित मिति: १९:०३ बजे, बुधबार, असार ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्