Kathmandu Press

विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको कारबाही फुकुवा

बुधबार बसेको सचिवालय बैठकले दुवै नेताको निलम्बन फुकुवा गरेको हो। 
विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको कारबाही फुकुवा

काठमाडौं, असार ११ : नेकपा एमालेले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको कारबाही फुकुवा गरेको छ। 

बुधबार बसेको सचिवालय बैठकले दुवै नेताको निलम्बन फुकुवा गरेको हो। 

पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग जग्गा दान लिएको विषयमा फरक मत राखेपछि उनीहरुमाथि कारबाही भएको थियो।

एमालेले गत पुस १० गते उनीहरुलाई ६ महिनाका लागि निलम्बन गरेको थियो।

प्रकाशित मिति: १८:३९ बजे, बुधबार, असार ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्