यस्तो छ ‘लभ स्टेसन’को ट्रेलर
काठमाडौं, फागुन २२ : जसिता गुरुङ र प्रदीप खड्काको नयाँ फिल्म ‘लभ स्टेसन’को ट्रेलर सार्वजनिक गरिएको छ ।
ट्रेलरमा जसिता र प्रदीपला....

काठमाडौं, फागुन २२ : जसिता गुरुङ र प्रदीप खड्काको नयाँ फिल्म ‘लभ स्टेसन’को ट्रेलर सार्वजनिक गरिएको छ ।
ट्रेलरमा जसिता र प्रदीपलाई प्रेम र विछोडका विभिन्न दृश्यमा कैद गरिएको छ । पहिलो फिल्म ‘लिलि बिली’मा अभिनयमा मात्रै देखिएकी जसिताले ‘लभ स्टेसन’का गीतमा स्वर पनि दिएकी छन् ।
यसलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका छन् । काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिस) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।
शम्भुजीत बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको यो फिल्म आलोक शुक्लाले छायाँकन गरेका हुन् ।
‘लभ स्टेसन’ चैत २२ मा रिलिज हुनेछ ।
प्रकाशित मिति: १४:४७ बजे, बुधबार, फागुन २२, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार












