Kathmandu Press

नेपालको पहिलो स्थानीय कोरोना संक्रमित महिला डिस्चार्ज

काठमाडौं, वैशाख २६ : सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिला निको भएर घर फर्किएकी छिन्। लगातार दुई पटकसम्म गरिएको रिपोर्ट नेगेटिभ आएपछि....

नेपालको पहिलो स्थानीय कोरोना संक्रमित महिला डिस्चार्ज

काठमाडौं, वैशाख २६ : सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिला निको भएर घर फर्किएकी छिन्। लगातार दुई पटकसम्म गरिएको रिपोर्ट नेगेटिभ आएपछि घनगढी ५ की ३४ वर्षीया महिला आज दिउँसो डिस्चार्ज भएकी हुन्।

दुबईबाट आएका उनको आफन्तमार्फत संक्रमित बनकी महिला चैत्र २२ गतेदेखि अस्पतालमा उचाररत थिइन्। उनी नेपालको पहिलो स्थानीय कोरोना संक्रमित हुन्।

बिहीबार र शुक्रबार गरिएके परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

उनीसँगै सुदूरपश्चिममा कोरोना जितेर घर फर्किनेको संख्या ५ पुगेको छ।

प्रकाशित मिति: १८:२७ बजे, शुक्रबार, वैशाख २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्