सांसद यादव अपहरणको जाहेरीमा अनुसन्धान गर्न सरकारी वकिलको पत्र प्रहरीमा पुग्यो
काठमाडौं, वैशाख २६ : जनता समाजवादी पार्टीका सांसद् एवं पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरण गरेको जाहेरी काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय....

काठमाडौं, वैशाख २६ : जनता समाजवादी पार्टीका सांसद् एवं पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरण गरेको जाहेरी काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।
सरकारी वकिल कार्यालयबाट ‘उजुरी दर्ता गर्नु’ भन्ने पत्र बुधबार दिउँसो पठाइएको र बिहीबार सार्वजनिक बिदा भएकाले शुक्रबार दर्ता भइ कानुनअनुसार प्रक्रिया अगाडि बढिसकेको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता नुमराज खनालले जानकारी दिए ।
उनले प्रहरीले तथ्य संकलन गरी प्रतिवेदन तयार पार्ने र त्यस प्रतिवेदन हेरेर मुद्दा चल्ने नचल्ने भन्ने टुंगो सरकरी वकिलको कार्यालयबाट हुने बताए। सरकारी वकिल कार्यालयमा परेको किटानी जाहेरीमा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठलाई प्रतिवादी बनाइएको छ।











