Kathmandu Press

प्रधानमन्त्रीको राजीनामा माग्दै बाबुरामले भने- रोगले जीर्ण शरीरलाई आराम दिनुस्

काठमाडौं, वैशाख २६ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। 

शुक्रबारबाट सुरु ....

प्रधानमन्त्रीको राजीनामा माग्दै बाबुरामले भने- रोगले जीर्ण शरीरलाई आराम दिनुस्

काठमाडौं, वैशाख २६ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। 

शुक्रबारबाट सुरु भएको प्रतिनिधिसभाको छैठौं अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन्। समाजवादी पार्टीका नेता भट्टराईले लोकतन्त्रको छविलाई बचाइराख्न ओलीले राजीनामा दिनु अहिलेको स्थितिमा उपयुक्त हुने बताए। 

‘कार्यकारी प्रमुखमा पुगेका व्यक्तिमा नैतिक आचरण ठीक हुनुपर्छ,’ उनले भने,‘सांसद अपहरण जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीसमेत मुछिनु दुःखद कुरा हो। प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ पुस्तालाई मुलुक चलाउन छोडिदिनु पर्छ।’ 

भट्टराईले प्रधानमन्त्री ओलीलाई आफ्नो उचाइँ र छवि बचाइराख्न राजीनामा दिन सुझाव दिए। ‘तपाईँले जुन खालको उचाइँ प्राप्त गर्नु भएको छ। त्यो उचाइँ र छवि कायम राख्नुपर्छ,’ भट्टराईले भने,‘ सत्तामा बसेर कति काम गर्‍यौ ? सत्तामा कति समय बसौं भनेर मान्छेले मूल्यांकन गर्दैन। वीपीको नाम एकाध मान्छेले मात्रै सम्झिन्छन्। मान्छेले सम्झिराख्न सत्तामै बस्नु पर्छ भन्ने छैन।’

उनले कुर्चीमा बस्दैमा मान्छे ठूलो नहुने पनि प्रधानमन्त्री ओलीलाई सझाव दिए। ‘ रोगले जीर्ण भएको शरीरलाई अब तपाईँले आराम दिनुपर्छ,’ उनले भने,‘राजीनामा दिएर आफ्नो छविलाई बचाइराख्नुस्। त्यसपछिमात्रै देशले नयाँ दिशा लिन सक्छ।’ 

उनले सत्ताको प्रयोग गरेरमात्रै महान नभइने बताए। ‘तपाईँ किन यस्ता गतिविधिमा संलग्न हुनु भएको छ? बरु राजीनामा दिएर नयाँ पुस्तालाई हस्तान्तरण गरेर दिशा निर्देश गरौं,’ उनले भने।

प्रकाशित मिति: १७:३५ बजे, शुक्रबार, वैशाख २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्