राजेन्द्र महतोको प्रश्न- सांसद अपहरण गर्ने, जनतालाई पीडा दिने कस्तो खालको दुई तिहाइको सरकार हो?
काठमाडौं, वैशाख २६ : जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको सरकारले दुई कौडीको काम गर्न नसकेको अरोप लगाएका छन्।
शुक्....

काठमाडौं, वैशाख २६ : जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको सरकारले दुई कौडीको काम गर्न नसकेको अरोप लगाएका छन्।
शुक्रबार सुरु भएको संसदको वर्षे अधिवेशनलाई सम्बोधन गर्दै महतोले कोरोनाबाट जनता जोगाउनुपर्ने बेला सरकार कुर्सीको खेलमा लागेको आरोप लगाएका हुन्।
‘संसद अपहरण गर्ने ? विपक्षी तह लगाउने रे। जनताको काम नगर्ने सरकार कुर्सी जोगाउन चाहिँ सिपालु रहेछ,’ उनले भने। उनले दुई तिहाइको सरकार बन्दा जनतामा विकास र समृद्धि पाइएला, संविधानले पूर्णता पाउला भन्ने आशा भएपनि अहिले जनता निराश भइसकेको बताए।
‘सुरुमा हामीले पनि सरकारलाई समर्थन गरेकै हो। तर, अहिले नेपाल र नेपाली पिडित भएका छन् र प्रश्न उठाउन मन लागेको नेपाली जनताले के पाए? सपना जुन देखेका थियौैं ? सुशासन पायौं, समृद्धि पायौं ? संविधानले पूर्णता पायो ? खोसिएका अधिकार पायौं?,’ उनले भने,‘जनता त्राहीमाम छन्। सरकार पद बचाउन अध्यादेश ल्याउँछ। पार्टी विभाजन गर्ने रे त्यसका लागि सांसद अपहरण गर्ने के हो यो?’
महतोले दुई तिहाइको सरकारलाई जनतालाई पीडा दिन जनताले भोट नदिएको बताए। उनले भने,‘दुई तिहाईको सरकारले जनतालाई पीडा दिइरहेको छ। के जनताले पीडा ब्यहोर्न भोट दिएको हो। यो कुरा किन सरकारले किन बुझेको छैन।’
महतोले पार्टी फटाउने र आफ्नो कुर्ची जोगाउनेमा मात्रै सरकार लागि रहेको आरोप लगाए। ‘हाम्रो पार्टी पनि फुटाउने र आफ्नोमा मिलाउने रे। कुर्सी जोगाउने रे के हो यो? सांसद अपहरण गर्ने दुई तिहाइको सरकार? काम न काजको ?,’उनले प्रश्न गरे।
सरकार पार्टी फुटाउने र आफ्नो कुर्ची जोगाउने धन्दामा लागेकाले जनचताको जीवनमा सरोकार राख्ने विषयमा नसोचेको आरोप लगाए।
‘रातारात सप्रराइज। अध्यादेश आयो सप्राइज। जनताका लागि ठूलो सप्रराइज आयो भन्ने लागेको रहेछ अर्कै रहेछ,’ उनले भने,‘ हामीले पनि एकता गरेर सप्रराइज दियौं। लौ हामीलाई फुटाएर देखाउनुस्।’
उनले जनताको पीडामा काम नगर्ने सरकार दुई कौडीको पनि नभएको टिप्पणी गरे।











