सुवास नेम्वाङले भने- सांसद अपहरणको यथार्थ छिट्टै बाहिर आउँछ
काठमाडौं, वैशाख २६ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफ्ना दल कुनै पनि आपराधिक क....

काठमाडौं, वैशाख २६ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफ्ना दल कुनै पनि आपराधिक क्रियाकलापको पक्षमा नरहेको बताएका छन्।
शुक्रबारदेखि सुरु भएको प्रतिनिधिसभाको छैठौं अधिवेशनलाई सम्बोधन गर्दै नेकपा संसदीय दलका उपनेता नेम्वाङले भने,‘नेकपा आपराधिक क्रियाकलापको पक्षमा छैन। ‘सांसद अपहरण’को विषयबारे यही संसदको अधिवेशनमा यथार्थ आउँछ।’
उनले सांसद अपहरणबारे के भएको हो त्यो यथार्थ बाहिर आउने पनि बताए। समाजवादी पार्टी नेपालका सांसद डा सुरेन्द्र यादवलाई पार्टी फुटाउने योजनासहित महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याइएको आरोप नेकपाका सांसद महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्बेन्द्र खनालमाथि लागेको छ।
उनीहरुविरुद्ध समाजवादी पार्टीका सांसद यादवले सरकारी वकिलको कार्यालयमा उजुरी दर्ता समेत गरेका छन्।











