Kathmandu Press

सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप

काठमाडौं, वैशाख २६:  सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ। शुक्रबार स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन....

सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप

काठमाडौं, वैशाख २६:  सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ। शुक्रबार स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको हो।

झडपमा केही चिनियाँ नागरिक र महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेत घाइते भएका छन्। बस्नेतको टाउकोमा चोट लागेको छ। 

विना जानकारी चिनियाँ नागरिकले निषेधित क्षेत्र तोडेपछि नियन्त्रणमा लिन खोज्दा झडप भएको प्रहरीले जनाएको छ। 

सिंहदरवार अगाडि जम्मा भएका ३३ जना नागरिकको भिड तितरवितर पार्न पुगेपछि उनीहरुले प्रहरीमाथि ढुंगामुढा गरेको महागनरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

साथै ३३ जना नै चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रकाशित मिति: १६:४५ बजे, शुक्रबार, वैशाख २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्