Kathmandu Press

जंगली च्याउ खाएर एकको मुत्यु

संखुवासभा, वैशाख २६ : संखुवासभाको सभापोखरी गाउँपालिका–२ मा जंगली च्याउ खाएर एकको मृत्यु भएको छ। जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा सभापोखरी&....

जंगली च्याउ खाएर एकको मुत्यु
Hardik ivf

संखुवासभा, वैशाख २६ : संखुवासभाको सभापोखरी गाउँपालिका–२ मा जंगली च्याउ खाएर एकको मृत्यु भएको छ। जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा सभापोखरी–२ गोठगाउँकी २४ वर्षीया मनिला राईको मृत्यु भएको हो। उनको उपचारका क्रममा गएराति  विराटनगरको नोबेल अस्पतालमा मुत्यु भएको सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिए।

बिरामी परेकी राईलाई यही २१ गते जिल्ला अस्पताल खाँदबारीमा भर्ना गरिएको थियो। अस्पतालले उनलाई नोबेल  रिफर गरेको थियो।  गत शनिबार मनिलाका श्रीमान् सन्देश राईले टिपेर ल्याएको च्याउ खाँदा सूर्यबहादुर लिम्बू, मनिलाकी छोरी तीन वर्षीया सुपी राई, छिमेकी २५ वर्षीय दिनेश राई, उनकी श्रीमती २४ वर्षीया अनिता र तीन वर्षीया छोरी आकाङ्क्षा बिरामी भएका प्रहरीले जनाएको छ।  बिरामी परेकामध्ये पाँचजना उपचारपश्चात् घर फर्किएको जिल्ला अस्पतालका प्रवक्ता सुजता पौडेलले जानकारी दिए।

प्रकाशित मिति: १३:५४ बजे, शुक्रबार, वैशाख २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्