एअर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि
२३० यात्रु र १२ जना क्रु मेम्बरसहित २४२ जना रहेको विमान लन्डनका लागि उडेको केही मिनेटमै दुर्घटनामा परेको थियो ।
काठमाडौं, जेठ ३० : भारतको अअहमदावादमा बिहीबार भएको एअर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २०४ पुगेको छ ।
२३० यात्रु र १२ जना क्रु मेम्बरसहित २४२ जना रहेको विमान लन्डनका लागि उडेको केही मिनेटमै दुर्घटनामा परेको थियो । अहमदावाद प्रहरीले २०४ जनाको शव फेला परेको जनाएको छ । साथै ४१ जनाको अस्पतालमा उपचार भइरहेको समेत जनाएको छ ।
सो विमान चिकित्सकहरू बस्ने एक छात्रावासमा खसेको थियो । त्यसैले मृत्यु हुनेमा छात्रावासमा रहेकाहरू पनि हुन सक्ने जनाइएको छ ।
प्रकाशित मिति: ०७:२९ बजे, शुक्रबार, जेठ ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार