Kathmandu Press

विमान दुर्घटनापछि भारतको सरदार वल्लभभाई पटेल विमानस्थल बन्द

दुर्घटनापछि उक्त विमानस्थल केही समयका लागि बन्द गरिएको छ। 
विमान दुर्घटनापछि भारतको सरदार वल्लभभाई पटेल विमानस्थल बन्द

काठमाडौं, जेठ २९ : भारतको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडान भरिरहेको एयर इन्डिया फ्लाइट एआई १७१ बिहीबार दिउँसो टेकअफको क्रममा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनापछि उक्त विमानस्थल केही समयका लागि बन्द गरिएको छ। 

बोइङ ७८७ ड्रीमलाइनर विमान अपराह्न करिब १ः३८ बजेको भारतीय समय अनुसार उडान भरेको केही क्षणमै दुर्घटना भएको हो। प्रारम्भिक विवरणअनुसार विमानमा जम्मा २४२ जना सवार थिए। जसमा १२ चालक दलका सदस्यहरू थिए। 

जसमा १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती, ७ जना पोर्चुगली नागरिक र  एक जना क्यानाडाली नागरिक रहेका थिए।

विमानले रनवे २३ बाट उडान भरेको दुई मिनेटमै एअर ट्राफिक कन्ट्रोल (एटीसी) ले आपतकालीन संकेत जानकारी दिएको थियो। तर, त्यसपछि ककपिटबाट कुनै सम्पर्क प्राप्त हुन सकेकाे छैन ।

प्रारम्भिक रिपोर्टअनुसार विमानको पछाडिको भागले एउटा रुखमा ठोक्किँदा नियन्त्रण गुमेर विमान विमानस्थलको परिधिबाहिर खसेको हो। त्यसपछि विमान नजिकैको संरचनामा ठोक्किएको र घटनास्थलबाट बाक्लो कालो धुँवा उडेको थियो।

दुर्घटनापछि उद्धार तथा दमकल टोली तुरुन्तै घटनास्थलमा पुगेका थिए। केही यात्रु र चालक दलका सदस्यहरू घाइते भएको प्रारम्भिक जानकारी आएको छ, यद्यपि कति घाइते छन् र तिनीहरूको अवस्था कस्तो छ भन्ने विषयमा पुष्टि हुन बाँकी छ।

घट्नापछि विजयवाडामा रहेका केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडू अहमदाबाद पुगेका छन्। 

प्रकाशित मिति: १७:३६ बजे, बिहीबार, जेठ २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्