Kathmandu Press

अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान दुर्घटना

रदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट टेक अफ गरेपछि विमान दुर्घटनामा परेको हो। बोइङ एआई १७१ जहाज उडेको केही मिनेटमै विमानस्थल नजिकै दुर्घटनामा परेको हो।
अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान दुर्घटना

नयाँ दिल्ली, जेठ २९ : भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान दुर्घटनामा परेको छ। 

सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट टेक अफ गरेपछि विमान दुर्घटनामा परेको हो। बोइङ एआई १७१ जहाज उडेको केही मिनेटमै विमानस्थल नजिकै दुर्घटनामा परेको हो।

Hardik ivf

दुर्घटनापछि विमानस्थलमा कालो धुँवाको मुस्लो देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

विमानमा २४२ यात्रु सवार रहेको बताइएको छ । विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी समेत सवार रहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। 

दुर्घटनाको थप विवरण भने आउन बाँकी छ।

प्रकाशित मिति: १५:३३ बजे, बिहीबार, जेठ २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्