Kathmandu Press

कपिलवस्तुमा छतबाट खसेर मजदूरको मृत्यु

चन्द्राैटा, वैशाख २५ : कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा कार्यरत एक मजदूरको छतबाट खसेर मृत्यु भएको छ।

निर्माणाधीन घरमा प....

कपिलवस्तुमा छतबाट खसेर मजदूरको मृत्यु
सांकेतिक

चन्द्राैटा, वैशाख २५ : कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा कार्यरत एक मजदूरको छतबाट खसेर मृत्यु भएको छ।

निर्माणाधीन घरमा पानी राख्ने ड्रम भुइँबाट छतमाथि लैजाने क्रममा चिप्लिएर घाइत भएका शिवराज–५ उमडिहवाका ३५ वर्षीय चिन्नु नाऊको मृत्यु भएको हो। 

गत वैशाख १९ गते निर्माणाधीन घरमा पानी राख्ने ड्रम भुइँबाट छतमाथि लैजाने क्रममा चिप्लिएर घाइते भएका नाऊको चितवनमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए।
 

प्रकाशित मिति: १९:१७ बजे, बिहीबार, वैशाख २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्