Kathmandu Press

अभिनेता लुक पेरीको ५२ वर्षको उमेरमा निधन

काठमाडौं, फागुन २२ : टिभी सिरिज ‘बिभर्ली हिल्स, ९०२१०’ र ‘रिभरडेल’बाट चर्चित अमेरिकी अभिनेता लुक पेरीको ५२ वर्षको उमेरमा निधन ....

अभिनेता लुक पेरीको ५२ वर्षको उमेरमा निधन
एजेन्सी

काठमाडौं, फागुन २२ : टिभी सिरिज ‘बिभर्ली हिल्स, ९०२१०’ र ‘रिभरडेल’बाट चर्चित अमेरिकी अभिनेता लुक पेरीको ५२ वर्षको उमेरमा निधन भएको छ ।

गत बुधबार एकाएक उनको स्वास्थ्यमा समस्या आएको थियो । उपचारका क्रममै सोमबार निधन भएको हो ।

Hardik ivf

संसारभरीबाट पाएको सहयोग र प्रार्थनाका लागि उनका परिवारले आभार प्रकट गरेका छन् । उनीहरूले शोकको घडीमा गोपनीयता कायम राखि दिन आग्रह गरेका छन् । उनको परिवारले पेरीका विषयमा केही पनि प्रकाशन नगरिदिन अनुरोध गरेका छन् ।

म्यान्सफिल्ड वोहिवोमा जन्मेका पेरी उच्च शिक्षाका लागि लस एन्जलस पुगेका थिए । अध्ययनकै क्रममा उनले १६ वर्षको उमेरबाट टिभी करियर सुरु गरेका थिए ।

पेरीलाई लाखौं युवामाझ चर्चित बनाउने उनको ‘बिभर्ली हिल्स ९०२१०’को क्यारेक्टर डिलेन म्याके नै हो । २० वर्षको उमेरमा टिन ड्रामा ‘बिभर्ली हिल्स ९०२१०’मा खेलेका पेरी टिन नभएपनि टिनेजको आइडल बन्न सफल भए । त्यसैले उनी हलिउड म्यागजिन भ्यानिटी फेयरको सन् १९९२ को संस्करणको कभरमा पनि फिर्चड भए ।

फक्सले आफनो चर्चित शो ‘बिभर्ली हिल्स ९०२१०’ को छैठों श्रृंखलाको पुनः निर्माण गर्ने घोषणा गरेकै दिन यसका मुख्य कलाकर पेरीको निधन भएको हो । जसमा फक्स परिवारले दुःख प्रकट गरेको छ ।

प्रकाशित मिति: ११:३९ बजे, बुधबार, फागुन २२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्