Kathmandu Press

यातायातको हड्ताल रोक्नुपर्ने माग राखेर सर्वोच्चमा रिट

यातायातको हड्ताल रोक्नुपर्ने माग राखेर सर्वोच्चमा रिट

काठमाडौं, जेठ २० : सार्वजनिक यातायातको हड्ताल रोक्नुपर्ने माग राखेर मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। 

अधिवक्ता विमल पोखरेलले रिट दर्ता गरेका हुन्। सार्वजनिक यातायात व्यवसायीको हड्तालका कारण नागरिकको आधारभूत र मौलिक हक हनन् भएको दाबी रिटमा गरिएको छ । 

अधिवक्ता पोखरेलले तत्काल हड्ताल खुलाउन अन्तरिम आदेशको माग राखेका छन्। सर्वोच्चले अत्यावश्यक क्षेत्रमा हड्ताल नगर्न यसअघि पनि आदेश जारी गरिसकेको छ। 

रिटमा हड्ताल गर्ने यातायात व्यवसायीमाथि कारवाही हुनुपर्ने माग समेत गरिएको छ ।उक्त रिटमा सुनुवाईका लागि बुधबारको पेशी तय भएको छ। 

प्रकाशित मिति: १८:२७ बजे, मंगलबार, जेठ २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्