Kathmandu Press

गृहमन्त्रीको राजीनामामा विपक्षीको अडान कायमै, प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्ने भनिए पनि विपक्षी दलहरुले गृहमन्त्रीको राजिनाको अडान नछाडेपछि स्थगित भएको थियो।
गृहमन्त्रीको राजीनामामा विपक्षीको अडान कायमै, प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं, जेठ २० : प्रतिनिधिसभा बैठक भोलीसम्मका लागि स्थगित भएको छ। 

बुधबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको हो। 

भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै संसदमा अवराेध गरिरहेका छन्।

बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्ने भनिए पनि विपक्षी दलहरुले गृहमन्त्रीको राजिनाको अडान नछाडेपछि स्थगित भएको थियो।

सभामुखले बोलाएको छलफलमा गृहमन्त्रीको पनि विपक्षी दलहरूसँग सहमति जुट्न नसकेपछि बैठक भोलीसम्मका लागि सारिएको हो। 

प्रकाशित मिति: १५:२३ बजे, मंगलबार, जेठ २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्