Kathmandu Press

यातायात संचालन गर्ने सरकारसँगको सहमती कार्यान्वयन भएन

मंगलबार छिटफुट रुपमा मात्र सार्वजनिक यातायात संचालनमा आएका छन् । जस्ले गर्दा सर्वसाधारण यात्रुले दुःख हैरानी खेप्नुपरेके छ।
यातायात संचालन गर्ने सरकारसँगको सहमती कार्यान्वयन भएन

काठमाडौं, जेठ २० : यातायात व्यवसायीहरुले सरकारसँग सोमबार भएको सहमती अनुसार सार्वजनिक यातायात खुलाउने भने पनि कार्यान्वयन नहुँदा मंगलबार पनि सवारी साधन चलेका छैनन्। 

सोमबार राति सरकार र यातायात व्यवसायीहरुबिच भएको सहमतिअनुसार यातायात व्यवसायीहरुले यातायात सञ्चालन गर्ने सहमती जुटेको थियो। 

Hardik ivf

यातायात व्यवसायीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गण्डकी प्रदेशलाई पत्र गएपछि मात्रै यातायात सञ्चालन हुने तर्क गर्दै सवारी साधन थन्क्याएर राखेका हुन्। मंगलबार छिटफुट रुपमा मात्र सार्वजनिक यातायात संचालनमा आएका छन् । जस्ले गर्दा सर्वसाधारण यात्रुले दुःख हैरानी खेप्नुपरेके छ। 

यसैविच भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सहमती अनुसार याताया व्यवसायीहरुले केही सवारी तथा सार्वजनिक यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्तिम अवस्थामा पु¥याएकाले बाँकी कुराहरु विधेयकमार्फत सम्बोधन हुने भएका कारण जिम्मेवार भएर सहमतिअनुसार यातायात सञ्चालन गर्न आग्रह गरेका छन्। 

मन्त्री दाहालले केही सवारी तथा सार्वजनिक यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबाट राइड शेयरिङलाई पनि राज्यको दायराभित्र ल्याउने बताए। 

 

प्रकाशित मिति: १४:३९ बजे, मंगलबार, जेठ २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्