विपक्षी दलहरूले भने- गृहमन्त्रीले राजीनामा दिएर भिजिट भिसा प्रकरणमा सहयोग गर्नुपर्छ
प्रतिपक्षी दल माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसहतिका दलका नेताहरुले पहिलो चरण बैठक सकिएको जानकारी दिंदै उक्त निष्कर्ष निकालेका हुन्।-(6)-1748940523.jpeg)
काठमाडौं, जेठ २० : मंगलबार संघीय संसदमा प्रतिपक्ष दलको बैठकले गृहमन्त्रीले राजीनमा दिएर भिजिट भिसा प्रकरणमा सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको छ।
प्रतिपक्षी दल माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसहतिका दलका नेताहरुले पहिलो चरण बैठक सकिएको जानकारी दिंदै उक्त निष्कर्ष निकालेका हुन्।
भिजिट भिसा मार्फत मानव तस्करी प्रकरण र संघिय सदनको बैठकबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संघीय सदन स्थित कार्यकक्षमा बैठक भएको थियो।
बैठकले उच्चस्तरीय छानबिन समिति बनाउने र समितिले श्रम ऐन २०६४ आए पश्चातको समयदेखि हाल रहेका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ सम्बन्धित छानबिन आयोग बनाउने र यलाई सधैको लागि निराकरण गर्न सर्वपक्षिय प्रतिबद्धता जनाउने सहमति भएको छ।
आवश्यक छानबिन गर्नको लागि मार्ग प्रशस्त गर्न वर्तमान गृहमन्त्रीले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्ने विषयमा छलफल भएको थियो।
त्यसका लागि प्रधानमन्त्रीले सदनमा आएर प्रतिबद्धता ब्यक्त गर्नुपर्ने बैठकमा छलफल भएको छ।