Kathmandu Press

प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सभामुखले डाकेको बैठक निष्कर्षविहीन 

बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले गृहमन्त्री रमेश लेखकलाई सदनमा बोल्न दिने वातावरण बनाउनुपर्ने प्रस्ताव राखे पनि प्रतिपक्षी दलले अस्विकार गरेका छन्। 
प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सभामुखले डाकेको बैठक निष्कर्षविहीन 

काठमाडौं, जेठ २० : सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि डाकेको प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँगको बैठक बिना निष्कर्ष टुंगिएको छ।  

विपक्षी दलहरुले पुरानै अडान दोहो¥याएपछि बैठक बिना निष्कर्ष टुंगिएको हो।

बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले गृहमन्त्री रमेश लेखकलाई सदनमा बोल्न दिने वातावरण बनाउनुपर्ने प्रस्ताव राखे पनि प्रतिपक्षी दलले अस्विकार गरेका छन्। 

उनीहरुले ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्रीको नाम जोडिएकोले राजीनामा दिनुपर्ने अडान लिएका थिए। 

विपक्षी दलका नेताहरुले उच्चस्तरीय छानबनिन गर्न सरकार तयार भएमा गृहमन्त्री लेखकलाई बोल्न दिने र हाउस पनि चल्ने बताएका थिए। 

प्रतिनिधिसभा बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ। 

प्रकाशित मिति: १४:०० बजे, मंगलबार, जेठ २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्