Kathmandu Press

बरिष्ठ साहित्यकार रसिकको अन्तिम संस्कार, झलनाथले ओढाए राष्ट्रिय झन्डा

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले साहित्यकार रसिकप्रति पशुपति आर्यघाटमै पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन्।
बरिष्ठ साहित्यकार रसिकको अन्तिम संस्कार, झलनाथले ओढाए राष्ट्रिय झन्डा

काठमाडौं, जेठ २० : प्रसिद्ध साहित्यकार, गायक एंव संगीतकार गणेश रसिकको अन्तिम संस्कार गरिएको छ। ७८ वर्षको उमेरमा आइतबार मृत्यु भएका रसिकको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो। 

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले साहित्यकार रसिकप्रति पशुपति आर्यघाटमै पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले रसिकको पार्थिव शरीरमा राष्ट्रिय झन्डा पनि ओडाए। 

Hardik ivf

उनले गणेश रसिक वास्तविक रुपमा नेपालको गायन, संगीत र साहित्य क्षेत्रको ज्ञानका रत्न नै रहेको बताए। नेपाली साहित्य, गायन एंव संगीतको विकासमा महत्वपूर्ण योगदानहरु गरेको पनि उनको भनाई छ। 

रसिकले क्षितिजलाई छुन खोज्दा (कथा संग्रह), एउटा सारङ्गी छुन खोज्दा (कथा संग्रह), रसिकका गीतहरू (गीत संग्रह) आकाश गंगाको ओतमुनी (उपन्यास), जब सिस्नुहरू टेक्दै हिँडे (संस्मरण), बिलाउँदै गएका गीत (कथा संग्रह), दशगजामा उभिएर हेर्दा उपन्यास, स्वाधिनताको पीडा (गीत संग्रह) पेरुङ्गो संस्करण (पाँच कृति) जस्ता महत्वपूर्ण साहित्यिक कृतिहरू रचना गरेका थिए।  

उनको निधनमा मुलुकले, नेपाली साहित्य, गायक एंव संगीतको क्षेत्रले र हामी सबैले एक मुर्धन्य प्राज्ञिक नक्षत्रलाई गुमाएको छ। यीनै कृतिहरूमा गणेश रसिक सदा सदा बाँची रहने पनि खनालको भनाई छ।
 

प्रकाशित मिति: १३:५५ बजे, मंगलबार, जेठ २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्