संसद् बैठक चल्न नदिने विपक्षी दलहरूको तयारी
जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि पहिलोपटक आज बस्न लागेको प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने विपक्षी दलको तयारी छ । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बैठक बसेर बैठक सञ्चालन हुन नदिने निर्णय गरिसकेका छन् ।
काठमाडौं, जेठ २० : विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएका छन् ।
जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि पहिलोपटक आज बस्न लागेको प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने विपक्षी दलको तयारी छ । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बैठक बसेर बैठक सञ्चालन हुन नदिने निर्णय गरिसकेका छन् ।
सोमबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने निचोड निकाल्दै बैठक अवरुद्ध गर्ने निर्णय गरेको थियो ।
रास्वपाले पनि भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा तथा प्रधानमन्त्रीले सदनमा जवाफ नदिएसम्म संसद्को कारबाही अघि बढ्न नदिने निर्णय गरेको छ । सोमबार बसेको पार्टी संसदीय दलको बैठकले उक्त निर्णय गरेको थियो । आजको संसद् बैठकमा पार्टीको भूमिका जेठ १३ र १४ गतेकै हुने बैठकले निर्णय गरेको थियो ।