Kathmandu Press

‘माओवादी केन्द्रले आफ्नो माग यथावत नै राखेको छ’

उनले छलफलमा प्रधानमन्त्री र गृहमन्त्रीले राजिनामा होईन, संसद खोलेर अगाडि बढ्नु पर्छ भन्ने कुरा राखेको भन्दै आफूहरुले राखेको विषय यथावत नै रहेको बताए। 
‘माओवादी केन्द्रले आफ्नो माग यथावत नै राखेको छ’

काठमाडौं, जेठ १९ : नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिपक्षदल माओवादी केन्द्रले आफ्नो माग यथावत नै राखेको बताएका छन्। 

सोमबार सिंहदरबारमा भएको प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफलमा उनले छलफलमा प्रधानमन्त्री र गृहमन्त्रीले राजिनामा होईन, संसद खोलेर अगाडि बढ्नु पर्छ भन्ने कुरा राखेको भन्दै आफूहरुले राखेको विषय यथावत नै रहेको बताए। 

Hardik ivf

‘सत्ता पक्षबाट संसद खोल्नु पर्छ भन्ने विषयवस्तु आयो, प्रधानमन्त्री र गृहमन्त्रीज्यूहरुले पनि राजिनामा होईन, संसद खोलेर अगाडि बढ्नु पर्छ भन्ने कुरा राख्नु भयो, हामीले जुन विषय राखेका थियौ त्यो यथावत नै छ, त्यही भएर सुशासनलाई केन्द्रीत गरेर हामी अगाडि बढ्नु पर्छ भन्ने विषयवस्तु हाम्रो तर्फबाट हामीले राख्यौं।’

यस्तै, उनले  अन्य प्रतिपक्षीहरुसँग पनि कुराकानी गर्न बाँकी रहेको हुनाले अहिले छलफलहरु भए तर त्यसको ठोस निर्णय केही नआएको बताए। 

‘छलफलमा एउटा संसदको गतिरोध कसरी हल गर्ने भन्ने बारेमा छलफल भयो, प्रतिगामीहरुको जुन किसिमको गतिविधिहरु भईरहेका छन् त्यो बारेमा पनि कुराकानी भयो,’ उनले भने, ‘छलफलहरु भए तर त्यसको ठोस निर्णय केही आएको छैन। हामीले प्रतिपक्षीहरुसँग पनि कुराकानी गर्नुपर्ने छ त्यसकारण अहिले छलफल मात्र भयो।’ 

संसदमा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा प्रमुख दलका शीर्ष नेताहरुको छलफल भएको थियो। 

छलफलमा प्रधानमन्त्री ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रमेश लेखकलगायत सहभागी थिए । 
 

प्रकाशित मिति: २०:४९ बजे, सोमबार, जेठ १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्