Kathmandu Press

प्रधानमन्त्रीले शुरु गरे एमालेको ‘झोले’ अभियान 

प्रधानमन्त्री ओलीले त्यसअघि एमाले निकट नेपाल बुद्धिजीवी परिषदको ११ औँ महाधिवेशनमा पनि ‘झोले’ अभियानका बिषयमा चर्चा गरेका थिए। 
प्रधानमन्त्रीले शुरु गरे एमालेको ‘झोले’ अभियान 

काठमाडौं, जेठ १९ : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सोमबार ‘म झोले हो’ अभियान सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

ओलीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘हिजोआज एउटालाई भगवान बनाउनुपर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ। भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्छ।’

Hardik ivf

प्रधानमन्त्री ओलीले त्यसअघि एमाले निकट नेपाल बुद्धिजीवी परिषदको ११ औँ महाधिवेशनमा पनि ‘झोले’ अभियानका बिषयमा चर्चा गरेका थिए। 

ओलीले झोले पोस्टर सार्वजनिक गरेपछि महासचिव शंकर पोखरेललगायत सरकारमा रहेका एमाले मन्त्रीहरुले उक्त पोस्टरमा आफ्नो तस्बिर राखेर ‘झोले’ अभियान अघि बढाएका छन्। अन्य नेताहरूले पनि याे अभियानलाई अघि बढाएका छन्।

राजावादीलाई जवाफ दिन ‘झोले अभियान’ चलाइएको हा । प्रधानमन्त्री ओलीले जनताको झोला बोकेर हिँड्ने मान्छे भएकाले ‘झोला’ गौरव र परिवर्तनको प्रतिक रहेका कारण जनताको ‘झोले’ हुँदा गर्वबोध हुने बताएका छन्। 

प्रकाशित मिति: १७:१० बजे, सोमबार, जेठ १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्