Kathmandu Press

नेपाली विद्यार्थीहरु सबै क्षेत्रमा अब्बल बन्दै गएका छन् : माधव नेपाल

उनले राजनीतिक दलहरुले आन्दोलनका नाममा पटक पटक शैक्षिक संस्था बन्द गरेका कारण विद्यार्थीहरु विदेश गएर पढ्न बाध्य भएको पनि बताए।
नेपाली विद्यार्थीहरु सबै क्षेत्रमा अब्बल बन्दै गएका छन् : माधव नेपाल

काठमाडौं, जेठ १९ : पूर्वप्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली विद्यार्थीहरु सबै क्षेत्रमा अब्बल बन्दै गएकोमा खुशी व्यक्त गरेका छन्। 

सोमबार नेपाल शौक्षिक परामर्श सघं इक्यानद्धारा आयोजना गरिएको एजुकेस्नल युथ समिटमा बोल्दै उनले सपना नदेख्ने विद्यार्थीले गरिखान नसक्ने भएकाले सपना देख्न छाड्न नहुने पनि बताए। 

उनले विद्यार्थीहरुलाई प्रोत्साहन गर्दै मेहेनत गरेर प्रतिभाको विकास गर्नुपर्ने पनि सुझाव दिए। उनले राजनीतिक दलहरुले आन्दोलनका नाममा पटक पटक शैक्षिक संस्था बन्द गरेका कारण विद्यार्थीहरु विदेश गएर पढ्न बाध्य भएको पनि बताए।

‘देशमा सकारात्मक भन्दापनि नकारात्मक सोच बढी हाबी भइरहेको छ। कुनै मानिसको चर्चा राम्रो कामको हुँदैन। राम्रो कुराबाट प्रंसंसा हुँदैन। त्यसैले यस्ता कुरा हटाउन शिक्षामा गुणस्तरीयता चाहिन्छ,’ उनले भने, ‘सबैकुरा शिक्षाबाट निर्धारण हुने भएकाले यसमा ध्यान दिनु जरुरी छ। कसैका आफ्ना आग्रहका कारण शैक्षिक संस्था बन्द गरिनु उचित होइन्।’

सीमा क्षेत्रका नेपालीहरु छिमेकी देशमा गएर शिक्षा लिइरहेको उल्लेख गर्दै अध्यक्ष नेपालले विश्वविद्यालयहरुको गुणस्तर सुधार गर्नुपर्ने बताए। 
 

प्रकाशित मिति: १५:१७ बजे, सोमबार, जेठ १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्