Kathmandu Press

कांग्रेसले गणतन्त्रको पक्षमा आमसभा गर्ने 

सोमबार बिहान सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैकठ गणतन्त्रको पक्षमा सभा गर्ने निर्णय लिएको हो। 
कांग्रेसले गणतन्त्रको पक्षमा आमसभा गर्ने 

काठमाडौं, जेठ १९ : नेपाली कांग्रेसले गणतन्त्रको पक्षमा आमसभा गर्ने भएको छ। 
 
सोमबार बिहान सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैकठ गणतन्त्रको पक्षमा सभा गर्ने निर्णय लिएको हो। 

संविधानको पक्षमा आमसभा गर्ने निर्णय भए पनि मिति र स्थान तोक्न भने बाँकी छ। एउटा आम सभा काठमाडौंमा गर्ने विषयको टुंगो लागे पनि मिति आगामी बैठकले तय गर्ने जनाइएको छ। 

सत्ता साझेदार प्रमुख दल एमालेले जेठ १५ गतेका दिन राजधानीमा सभा र ¥यालीको आयोजना गरिसकेको छ। कांग्रेसले पनि संविधान र गणतन्त्रको पक्षमा सभा गर्न लागेको हो।

प्रकाशित मिति: १४:४१ बजे, सोमबार, जेठ १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्