विधेयकमाथिको छलफल अघि सरकार र शिक्षक महासंघ वार्ता
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको टिम र महासंघबीच छलफल भइरहेको छ। अहिले मन्त्रालयको कर्मचारीको टोली र महासंघका प्रतिनिधिविच छलफल भएको हो।
काठमाडौं, जेठ १९ : विद्यालय शिक्षा विधेयकमाथिको छलफल अघि सरकार र शिक्षक महासंघबीच वार्ता भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको टिम र महासंघबीच छलफल भइरहेको छ। अहिले मन्त्रालयको कर्मचारीको टोली र महासंघका प्रतिनिधिविच छलफल भएको हो।
बिहान पनि महासंघ र मन्त्रालयको टिमबीच छलफल भएको थियो। महासंघसँग छलफल र वार्ता चलिरहेका कारण संसदको शिक्षा समिति बैठक स्थगित गरिएको छ।
मन्त्रालय र महासंघबीच कुरा मिलेपछि मात्र समितिको बैठक बोलाइने छ। शिक्षक महासंघसँग आन्दोलनका दौरान १५ असारभित्र ऐन जारी गर्नेगरी सहमति भइसकेको छ।
प्रकाशित मिति: १३:४९ बजे, सोमबार, जेठ १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![प्रधानमन्त्री ओलीले अवलोकन गरे रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्र [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Photo-(8)-(12)-1751987093.jpg)
