Kathmandu Press

महिमानसिंह थुनामा राख्न माग गर्दै रेशम चौधरी पुगे उच्च अदालत 

विष्टलाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै चौधरीले सामेबार उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका हुन्। 
महिमानसिंह थुनामा राख्न माग गर्दै रेशम चौधरी पुगे उच्च अदालत 

काठमाडौं, जेठ १९ : सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टलाई थुनामा राखेर मुद्दाको कारबाही अघि बढाउन माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी उच्च अदालत पाटन पुगेका छन्। 

विष्टलाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै चौधरीले सामेबार उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका हुन्। 

Hardik ivf

विष्टले चौधरीलारई पक्राउ गरी कैदमा राख्न गत वैशाख १७ गते प्रहरी र डिल्लीबजार कारागारलाई लेखेको पत्र विवादमा परेपछि अदालतबाटै प्रतिवेदन उठाएर कारबाही अघि बढाइएको थियो। 

विष्टको उक्त पत्रपछि चौधरीलाई पक्राउ गरी डिल्लि बजार जेल पठाइएको थियो। विष्टको पत्रलाई सर्वोच्च अदालत प्रशासनले खारेज गर्दै विष्टलाई निलम्वन गरिएको थियो। हाल विष्टविरुद्ध काठमाडौं जिलला अदालतमा लिखत किर्ते मुद्दा चलाइएको छ। 

उक्त मुद्दामा जिल्ला अदालत काठमाडौँले गत जेठ ५ गते एक लाख धरौटीमा छाड्ने आदेश गरेपछि चौधरी उच्च अदालत पाटन पुगेका हुन्। विष्टलाई गैरकानुनी रुपमा तल्लो अदालतले धरौटी तारिखमा छाडेको प्रश्न चौधरीले उच्च अदालतमा उठाएका छन्। 

प्रकाशित मिति: १३:१८ बजे, सोमबार, जेठ १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्