Kathmandu Press

गैरसंवैधानिक तरिकाबाट संविधानको घेरा तोड्नु अनुचित रहेको कांग्रेसको ठहर 

राजावादीको आन्दोलनका विषयमा छिट्टै बस्ने केन्दीय समिति बैठकमा समेत छलफल हुने प्रवक्ता महतले बताए।
गैरसंवैधानिक तरिकाबाट संविधानको घेरा तोड्नु अनुचित रहेको कांग्रेसको ठहर 

काठमाडौं, जेठ १९ : सत्तारुढ दल नेपाली कांग्रेसले संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्नु अनुचित रहेको निश्कर्ष निकालेको छ। 

सोमबार बिहान सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैकठले राजावादी आन्दोलनबारे छलफल भएको थियो। छलफलपछि कांग्रेस उक्त निश्कर्षमा पुगेको हो। 

Hardik ivf

बैठकबारे जानकारी दिँदै प्रवक्ता डा.प्रकाशशरण महतले भने, ‘यो संविधान कसैले दिएको संविधान होइन, आफ्ना प्रतिनिधिहरुले निर्माण गरेको संविधान भएको हुनाले यसको रक्षा गर्ने जिम्मेवारी हाम्रो हुन्छ । सुधार गर्ने लगायतका कुराहरु जनप्रतिनिधिबाटै गर्नुपर्छ । संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्नु अनुचित हो।’

राजावादीको आन्दोलनका विषयमा छिट्टै बस्ने केन्दीय समिति बैठकमा समेत छलफल हुने प्रवक्ता महतले बताए। पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैकठमा भ्रातृ संगठनहरुको अधिवेशनबारे समेत छलफल भएको थियो। 

भ्रातृ संगठनलाई चैत मसान्तसम्म अधिवेशन गर्ने समय दिइएको थियो । तर निर्धारित समयमा पनि अधिवेशन हुन सकेको छैन । अधिवेशनबारे पनि केन्द्रीय समिति बैठकअघि नै यसबारे छलफल गरेर टुंगोमा पुग्ने जानकारी प्रवक्ता महतले गराए।


 

प्रकाशित मिति: १३:१५ बजे, सोमबार, जेठ १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्