Kathmandu Press

दुई वटा बसबाट यात्रुलाई निशुल्क सेवा दिँदै प्रहरी

यातायात व्यवसायीको आन्दोलनले सार्वजनिक यातायात सेवा अवरूद्ध भएपछि सोमबार नेपाल प्रहरीले दुई वटा बस चलाउन लागेको हो । दुई वटा बस दुई वटा छुट्टाछुट्टै रूटमा चल्नेछन्। नेपाल प्रहरीले चलाएको उक्त बसमा यात्रा गर्दा भाडा तिर्नुपर्दैन।
दुई वटा बसबाट यात्रुलाई निशुल्क सेवा दिँदै प्रहरी

काठमाडौं, जेठ १९ : नेपाल प्रहरीले यात्रुको सहजीकरणका लागि दुई वटा बस चलाउने भएको छ।

यातायात व्यवसायीको आन्दोलनले सार्वजनिक यातायात सेवा अवरूद्ध भएपछि सोमबार नेपाल प्रहरीले दुई वटा बस चलाउन लागेको हो। दुई वटा बस दुई वटा छुट्टाछुट्टै रूटमा चल्नेछन्। नेपाल प्रहरीले चलाएको उक्त बसमा यात्रा गर्दा भाडा तिर्नुपर्दैन।

पहिलो रूटअनुसार नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल र पुनः नक्साल घुम्नेछ।

त्यस्तै, अर्को रूटमा नक्साल, रातोपुल, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकबाट फर्केर आउने र चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै नक्साल पुग्नेछ। 

यातायात व्यवसायीहरूले गण्डकी सरकारले ल्याएको राइड सेयरिङ नियमावली खारेजीलगायत ७ बुँदे मागसहित आजदेखि सार्वजनिक यातायात बन्द गरेका छन्। सरकार र यातायात व्यवसायीहरूबीच सिंहदरबारमा वार्ता पनि भइरहेको छ। 
 

प्रकाशित मिति: १२:१२ बजे, सोमबार, जेठ १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्