यातायात व्यवसायीसँग छलफल गर्दै गृहमन्त्री
सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखकले व्यवसायीका प्रतिनिधिहरुसँग छफल गरिरहेका छन्।
काठमाडौं, जेठ १९ : अहिले सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा देशव्यापी चक्काजाम घोषणा गरेका यातायात व्यवसायीसँग छलफल गरिरहेको छ।
सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखकले व्यवसायीका प्रतिनिधिहरुसँग छफल गरिरहेका छन्।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा यातायात व्यवसायीहरु आज देश भर सार्वजनिक यातायात बन्द गरेका छन्।
छलफलबाट निष्कर्ष ननिस्किए आन्दोलन थप चल्काउने व्यवसायीहरुले बताएका छन्।
आन्दोलनको कारण काठमाडौं उपत्यकामा पनि लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन्। काठमाडौं उपत्यकाका सडकहरुमा निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरु फाट्टफुट्ट चलेको देखिएको छ ।
प्रकाशित मिति: ११:२६ बजे, सोमबार, जेठ १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार