Kathmandu Press

कमल थापा र दीपक सिंहसहित ७ जना रिहा, एक जना हिरासतमै

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नियन्त्रणमा लिइएका ८ मध्ये थापा र सिंहसहित ७ जनालाई जिम्मा जमानीमा साँझ छाडिएको हो ।
कमल थापा र दीपक सिंहसहित ७ जना रिहा, एक जना हिरासतमै

काठमाडौं, जेठ १८ : राजावादीहरुको आन्दोलनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहसहित ७ जना रिहा भएका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नियन्त्रणमा लिइएका ८ मध्ये थापा र सिंहसहित ७ जनालाई जिम्मा जमानीमा साँझ छाडिएको हो ।

Hardik ivf

अध्यक्ष थापासहित लगायतलाई प्रहरी नारायणचौरबाट पक्राउ परेका थिए भने सांसद् सिंह भने थापालाई भेट्न पुगेका सिंहलाई जिल्ला प्रहरी परिसरबाटै प्रक्राउ गरिएको थियो।

डा. राजीव झालाई भने प्रहरीले हिरासतै राखेको राखेको छ। मापसे सेवन गरेर छाडा बोलेको आरोप उनीमाथि छ।

प्रकाशित मिति: २१:३५ बजे, आइतबार, जेठ १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्