थापासहित नेताहरूलाई पक्राउ गर्ने कार्य विचार निषेधको प्रयास : राप्रपा
साँझ केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले यस्तो धारणा सार्वजनिक गरेको हो ।-1748788005.jpg)
काठमाडौं, जेठ १८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले नेता कमल थापासहित नेताहरूलाई पक्राउ गर्ने कार्य विचारलाई निषेध गर्ने सरकारको प्रयास रहेको धारणा सार्वजनिक गरेको छ ।
साँझ केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले यस्तो धारणा सार्वजनिक गरेको हो । बैठकपछि राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा र अन्य ७ जनालाई प्रशासनले नियन्त्रणमा लिएको, गिरफ्तार भएकाहरूलाई भेट्न जाने क्रममा प्रतिनिधिसभाका सांसद दिपकबहादुर सिंहलाई प्रहरी परिसरभित्रै नियन्त्रणमा लिइएको घटना संविधानको व्यवस्था विपरीत, अलोकतान्त्रिक, सर्वसत्तावादी र विचारलाई निषेध गर्ने प्रयास रहेको बताएका छन् ।
राप्रपाले निषेधित क्षेत्र नतोकिएको स्थान नारायणचौर, नक्साल क्षेत्रमै प्रशासनले हस्तक्षेप गरेको भन्दै भ्रत्सर्ना समेत गरेको छ।राप्रपाले नियन्त्रणमा लिइएका थापासहित सबैलाई रिहाइ गर्न माग समेत गरेको छ। विज्ञप्तिमा रिहा नगरे थप आन्दोलन कार्यक्रमको घोषणा गर्ने चेतावनी समेत दिइएको छ।