Kathmandu Press

४ सिडिओसहित ६ सहसचिवको सरुवा, को कहाँ पुगे?

मन्त्रिस्तरीयर निर्णय अनुरुप बर्दिया, धनुषा, कास्की र पाँचथरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो।
४ सिडिओसहित ६ सहसचिवको सरुवा, को कहाँ पुगे?

काठमाडौं, जेठ १८ : गृह मन्त्रालयले चारजना सिडिओसहित ६ सहसचिवको सरुवा गरेको छ। 

मन्त्रिस्तरीयर निर्णय अनुरुप बर्दिया, धनुषा, कास्की र पाँचथरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो।

बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई कास्कीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ। 

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई मन्त्रालयमा ल्याएर जगेडामा राखिएको छ । यसअघि जगेडामा रहेका सहसचिव सुरेन्द्र पौडेललाई बर्दियाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। 

गृहमा जगेडामै रहेका अर्का सहसचिव शंकरहरि शर्मालाई धनुषाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। धनुषाका रामुराज कडरीयालाई गृह मन्त्रालयमा ल्याइएको छ । 

हाल गृह मन्त्रालयमा कार्यरत सहसचिव अरुण पोखरेललाई पाँचथरको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। 

प्रकाशित मिति: १९:११ बजे, आइतबार, जेठ १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्