Kathmandu Press

राष्ट्रपतिद्वारा भोटो जात्रा अवलोकन [तस्बिरहरू]

आइतबार अपराह्न ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा  सरिक भई उनले सो जात्रा अवलोकन गरेका हुन्।
राष्ट्रपतिद्वारा भोटो जात्रा अवलोकन [तस्बिरहरू]

ललितपुर, जेठ १८ : राष्ट्रपति रामचन्द्र पौडेलले रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन्। आइतबार अपराह्न ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा  सरिक भई उनले सो जात्रा अवलोकन गरेका हुन्।

गुठी संस्थान ललितपुरका कर्मचारीले सो भोटो देखाएका थिए। मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा छ।

Hardik ivf

सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथसँगै जीवित देवी कुमारीको दर्शन पनि गरे। भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू संवैधानिक अंगका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति  थियो। 

Photo-(4)-(2)-1748783130.jpeg

गत वैशाख ११ गते सुरु भएको रथ जात्रा भोटो देखाएसँगै यस वर्षका लागि सम्पन्न भएको छ। 

मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रुपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रुपमा मानिने भएकाले पनि यसको पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व रहिआएको छ।

Photo-(2)-(2)-1748783141.jpeg

Photo-(3)-(2)-1748783130.jpeg

प्रकाशित मिति: १८:५६ बजे, आइतबार, जेठ १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्