कमल थापालाई भेट्न पुगेका सांसद सिंहलाई नियन्त्रणमा लिइयो
राप्रपा नेपालका नेता थापालाई भेट्न काठमाडौँ परिसर पुगेका सिंहलाई प्रहरीले त्यहीँबाट नियन्त्रणमा लिएको हो।
काठमाडौं, जेठ १८ : राजावादीको आन्दोलनकाक्रममा आइतबार पक्राउ परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका राप्रपाका सांसद दीपक सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
आन्दोलनकारीलाई उक्साउन अभिव्यक्ति दिएको आरोपमा दिउँसो थापासहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका सबैलाई अहिले काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएको छ। राप्रपा नेपालका नेता थापालाई भेट्न काठमाडौँ परिसर पुगेका सिंहलाई प्रहरीले त्यहीँबाट नियन्त्रणमा लिएको हो।
दिउँसो नेता थापासहित शिला राना, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमिल्सिना र डा. राजिव झालाई नियन्त्रणमा लिइएको थियो।
प्रकाशित मिति: १८:३२ बजे, आइतबार, जेठ १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार