Kathmandu Press

बाढी, पहिरो, डुबानको क्षतिबाट जोगाउन तयारी अवस्थामा रहन देउवाको सरकारसँग आग्रह

देउवाले बाढी, पहिरो, डुबानका साथै संक्रामक रोगहरुबाट हुने जनधनको क्षतिबाट जोगाउन अहिलेदेखि नै सतर्कता र तयारी थाल्नुपर्ने बताए।
बाढी, पहिरो, डुबानको क्षतिबाट जोगाउन तयारी अवस्थामा रहन देउवाको सरकारसँग आग्रह

काठमाडौं, जेठ १८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनसुन सुरु हुन लागेको बताउँदै आवश्यक तयारीका लागि सरकारसँग आग्रह गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद’ कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै देउवाले उक्त आग्रह गरेका हुन्।

Hardik ivf

देउवाले बाढी, पहिरो, डुबानका साथै संक्रामक रोगहरुबाट हुने जनधनको क्षतिबाट जोगाउन अहिलेदेखि नै सतर्कता र तयारी थाल्नुपर्ने बताए। 

‘विकास संरचना निर्माणका क्रममा वातावरणीय पक्षलाई बेवास्ता गर्नुले क्षति अझ बढेको छ, मनसुन सुरु हुन लाग्यो,’ कार्यक्रममा सरकारलाई सुझाव दिँदै देउवाले भने, ‘यस पटक बढी वर्षा हुने र बढी तापक्रम पनि हुने भन्ने प्रक्षेपण भएको सन्दर्भमा यसबाट हुने बाढी, पहिरो, डुबानका साथै संक्रामक रोगहरुबाट हुने जनधनको क्षतिबाट जोगाउन अहिलेदेखि नै पूर्वशतर्कता, सतर्कता र तयारीका लागि नेपाल सरकारले गर्नुपर्ने कार्यहरु तत्काल गर्न आग्रह गर्दछु।’

उनले अब हामीलाई विकास निर्माण होइन, दिगो विकास चाहिएको बताउँदै स्वच्छ र सुरक्षित नेपाल आगामी पुस्तालाई हस्तान्तरण गर्नु आफूहरुको कर्तव्य भएको बताए। 

साथै, सभापति देउवाले जलवायु परिवर्तनले नेपालको अर्थतन्त्रका आधारस्तम्भहरु कृषि, पर्यटन, जलविद्युत जस्ता क्षेत्रहरुमा गम्भीर असर पु¥याएको सन्दर्भ पनि उल्लख गरे।

‘यसले आर्थिक र सामाजिक विभेद बढाउनुका साथै अर्थतन्त्रमा जोखिम बढाएको छ,’ सभापति देउवाले भने। 

 

प्रकाशित मिति: १६:५९ बजे, आइतबार, जेठ १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्