कमल थापा प्रहरी नियन्त्रणमा
नक्साल नारायणचौरमा भएको राजावादीहरूको आन्दोलनबाट थापालाई नियन्त्रणमा लिइएको हो।
काठमाडौं, जेठ १८ : राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले राजाबादीको आन्दोलनबाट नियन्त्रणमा लिएको छ।
नक्साल नारायणचौरमा भएको राजावादीहरूको आन्दोलनबाट थापालाई नियन्त्रणमा लिइएको हो।
थापामाथि भिडलाई भड्काउन खोजेको आरेप लगाइएको छ। नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन’ समितिले गत जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्दै आएको छ।
समितिले राजसंस्था पुनस्र्थापना, हिन्दु राष्ट्र पुनस्र्थापना, संघीयता खारेजीलगायत माग राखेर ‘जनआन्दोलन’ गरिरहेको छ।
प्रकाशित मिति: १५:२७ बजे, आइतबार, जेठ १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार