Kathmandu Press

सुप्रसिद्ध साहित्यकार गणेश रसिकको निधन 

ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा रसिकको निधन भएको हो। रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए। 
सुप्रसिद्ध साहित्यकार गणेश रसिकको निधन 

काठमाडौं, जेठ १८ : सुप्रसिद्ध साहित्यकार गणेश रसिकको आइतबार निधन भएको छ। 

ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा रसिकको निधन भएको हो। रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए। 

Hardik ivf

रसिकको शवलाई आज त्रिवि शिक्षण अस्पतालमा राखिने भएको छ।  लन्डनमा रहेकी रसिककी छोरी सोमबार नेपाल आइपुग्ने भएकाले शिक्षण अस्पतालको मा शव राखिने भएको हो।

भोजपुर, छिनामखुमा २००४ सालमा जन्मेका रसिक गीत र संगितमा समेत ख्यातीप्राप्त छन्। रसिकका क्षितिजलाई छुन खोज्दा (कथासंग्रह), ‘रसिकका गीतहरू’ (गीतसंग्रह), ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास), ‘दशगजामा उभिएर’, ‘जब सिस्नुहरू टेक्दै हिँडे’, पाँच पुस्तकको ‘पेरुङ्गो’ (संस्मरण) लगायत किताब प्रकाशित छन्। 

यस्तै, रसिकका ‘ओ याङ्जी नाना,’ ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’, ‘ओ शून्यता’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘नखेल्नु जुवा र तास’, ‘रातो भाले क्वाँया क्वाँया’ गीत कालजयी छन्। 

पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायनमा उदाएका रसिक नेपाली गीतसङ्गीत क्षेत्रको बहुआयमिक व्यक्तित्व थिए। 

उनी रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक, सांस्कृतिक संस्थानको महाप्रबन्धक, साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव जस्ता प्राज्ञिक संस्थानहरूको महत्वपूर्ण जिम्मेवारीमा रहेका थिए। 
 

प्रकाशित मिति: १५:०२ बजे, आइतबार, जेठ १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्