Kathmandu Press

पत्रकारिता क्षेत्रका लागि राज्यले व्यवस्थित योजना ल्याउनुपर्छ ः मन्त्री पौडेल

उनले लोकतन्त्रको विकासका निम्ती, पारदर्र्शी समाज निर्माण गर्नका निम्ती, सुशासन कायम गर्नका निम्ती पत्रकार र यो पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहे पनि अझैं पत्रकारिता जगत जोखिमै रहेको बताए। 
पत्रकारिता क्षेत्रका लागि राज्यले व्यवस्थित योजना ल्याउनुपर्छ ः मन्त्री पौडेल

काठमाडौं, जेठ १८ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारिता जगत अत्यन्तै जोखिममा रहेको बताएका छन्।    

नेपाल प्रेस युनियनले आयोजना गरेको छ वृहत स्वास्थ्य शिविरमा बोल्दै उनले लोकतन्त्रको विकासका निम्ती, पारदर्र्शी समाज निर्माण गर्नका निम्ती, सुशासन कायम गर्नका निम्ती पत्रकार र यो पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहे पनि अझैं पत्रकारिता जगत जोखिमै रहेको बताए। 

Hardik ivf

‘पत्रकारिता जगत अत्यन्तै जोखिममा छ। एकदमै  महत्वपूर्ण भूमिका पत्रकारहरुले निर्वाह गर्नुभएको छ। वास्तवमा लोकतन्त्रको विकासका निम्ती, पारदर्र्शी समाज निर्माण गर्नका निम्ती, सुशासन कायम गर्नका निम्ती पत्रकार र यो पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ,’ उनले भने, ‘देशका निम्ती, समाजका निम्ती बोलिरहने पत्रकारहरुको आफ्नो निम्ती के भइरहेको छ भन्ने कुरा राज्यले धेरै ख्याल गरिरहेको छ जस्तो देखिँदैन।’

मन्त्री पौडेलले पत्रकारिता क्षेत्रका लागि एउटा व्यवस्थित योजनाका साथ राज्य अगाडि जानुपर्ने बताए। उनले पारदर्र्शी समाज निर्माण गर्न, सुशासन कायम गर्नका निम्ती पत्रकार जगतको उपस्थिती अनिवार्य रहेकाले यो जगतमा काम गर्नेहरुलाई उत्साहित बनाउन जरुरी रहेको बताए।

‘पत्रकारिता क्षेत्रका लागि हामीले एउटा व्यवस्थित योजनाका साथ अगाडि जानुपर्छ । समाजका निम्ती पारदर्र्शी समाज निर्माण गर्न, सुशासन कायम गर्नका निम्ती पत्रकार जगतको उपस्थिति अनिवार्य छ । यो जगतमा काम गर्नेहरुलाई उत्साहित बनाउन जरुरी छ,’ उनले भने, ‘जीवन निर्वाहको व्यवस्थित अवसर पत्रकारिताभित्र हुनुपर्छ भन्ने विषयलाई आत्मसात गरेर त्यहि अनुसारको योजनाहरु बनाइनुपर्छ।’
 

प्रकाशित मिति: १४:४९ बजे, आइतबार, जेठ १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्